
१७ कात्तिक,
बुटवलबाट आज बिहानै ठुलो परिणाममा सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–१, तिनाउ पुलबाट दुईवटा पिकअप भ्यान, दुई जना चालक र करिब ५२ लाख बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी रुपन्देहीका अनुसार, गाडी चालक सैनामैना नगरपालिका–२ बस्ने ४० वर्षका तुलसी थारु र सोही ठाउँ बस्ने बर्ष ४० का मीनप्रसाद भण्डारीलाई र लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको पिकअप गाडीसहित नियन्त्रणमा लिइएको बताएको छ।



पिकअप भ्यानमा ६० हजार पिस लिपगार्ड, २३६ पिस कुर्था सुरुवाल सेट, ६ सय पिस चुन्नी र ६७ पिस बनारसी साडी बरामद भएको प्रहरीले जनाएको छ । यसको कूल मूल्य ५१ लख ४८ हजार ५ रहेको प्रहरीले जनाएको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ती सामान कपिलवस्तुका विभिन्न नाका हुँदै बुटवल ल्याउँदै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।