१६ कात्तिक,
काठमाडौं । नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

आज १६ गते मंगल बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जानकारी दिएको छ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल समेत परेको छ ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेर उड्ने तयारीमा रहेको विमानस्थल स्रोतले बताएको छ। अनलाईनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय