११ मङ्सिर,
झापा। जंगली हात्तिको आक्रमणमा परि झापामा एक जनाको मृत्यु भएको छ।
मङ्सिर १० गते बिहीबार बिहान करिव ६ः३० बजे झापाको भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला जंगली हात्तीले आक्रमण गरेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, घटनापछि प्रहरीले बन कार्यालयसँग समन्वय गरी मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।