८ मङ्सिर,
बाँके। कोहलपुर ग्यालरी के हो त ? ग्यालरीको उदेश्य के हो ? आधिकारी संस्थापक को हुन् पुरा खबर पढ्नुहोस् बागेश्वोरी खबरबाट….. “कोहलपुर ग्यालरी” एउटा सामाजिक कार्यमा क्रियाशिल भएर आम जनताहरुको बहुमूल्य समयको महत्त्व बुझेर निरन्तर अगाडी बढिरहेको साथै गरिब दुखिहरुको चुलोमा धेरै नभएपनि ग्यालरीको तर्फबाट हुने भरिपुर्ण सहयोग गर्ने सामाजिक अभियानता हो। जसलाई संस्थापक एवंम “कोहलपुर ग्यालरी” का अध्यक्ष सरोज राज शाहीले अफिसियल्ली स्थापना २०७८/०६/१३ गते जिल्ला प्रशासन कार्यालय बाँकेबाट दर्ता गरेका छन्।
“कोहलपुर ग्यालरी” को उदेश्य भनेको : सामाजिक कार्यमा सहयोगको अभियन्ता साथ् साथै “सहयोग गर्ने मनकारीहरु प्रति ठुलो आशावादी” रहेको सुख-दुख बिसाउने साझा घर हो। कोहलपुर ग्यालरी बाँकेमा मात्रै नभएर विभिन्न जिल्लाहरु गाँउ घर, टोल छिमेक, विद्यालय देखि लिएर अफिस कार्यालय, बाटा घाटा सबै ठाउँहरुमा सहभागी भएर सामाजिक कार्यमा हातेमालो गरेर “केहि त गर्नु पर्छ” भन्ने उदेश्यका साथ् अगाडी बढिरहेको कोहलपुर ग्यालरी का संस्थापक अध्यक्ष सरोज राज शाहीले जनाएका छन्।
अध्यक्ष शाहीका अनुसार, २०७८ सालको “कोहलपुर ग्यालरी” द्वारा आयोजित साँस्कृतिक देउसी भैलो कार्यक्रमबाट उठेको रकमले विभिन्न विद्यालयमा भौतिक रुपमै उपस्थित भएर अशक्तहरुलाइ शैक्षिक सामाग्री तथा खाद्यान्न वितरण गरेको बताएका छन्। साथै आगामी दिनहरुमा पनि अन्य दिन दुखी विपन्न, असहायहरुको लागि सदुपयोग गर्ने प्रतिबद्धताका साथ् अगाडि बढिरहेको बताए। शाही भनछन्, “हाम्रो सानो सहयोगको अभियानले बालबालिका लगाएत सम्पूर्णमा खुशियाली छाउनु नै हाम्रो लागि परिपक्क का साथ् अगाडि बढ्ने जिम्मेवारी थपिएको बताएका छन्।”
त्यसैगरि, कोहलपुर ग्यालरी द्वारा कोहलपुरका प्रसिद्व आर्टिस, र्यापर, कम्पोजर तथा ९०४ रेकर्डका सस्थापक (क्रिजन पुन मगर) लाई “कोहलपुर ग्यालरी” को तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको छ।
“कोहलपुर ग्यालरी” द्वारा सामाजिक कार्यमा गरिएका केहि झलकहरु हेर्नुहोस्