
डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ मा १९ वर्षीया पार्वती धामी नेकपा एमालेको वडा सचिवमा निर्वाचित भएकी छन्।
पार्वती डडेल्धुरामा सबैभन्दा कम उमेरमा सचिवमा निर्वाचित भएकी हुन। डडेल्धुराको धेरै ठाउँमा युवा अनुहार आएको नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदले बताए।



अध्यक्ष साउदका अनुसार, आज १२ गते भएको वडा अधिवेशनमा डडेल्धुराका ५२ वडा मध्ये ४६ सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको उनले बताए।