१२ कात्तिक,
बाँके । नेपालीहरुको महान चार्ड पर्व दसैं, तिहार घरमै बसेर परिवारसङ्ग मनाउने ईच्छा, चाहाना, रहर हुदाहुदै पनि हातमा पासपोर्ट, आखाभरी आँसु झारेर २,४ सय कमाउने आशामा सबै नेपालीहरु खाडी मुलुकमा जान बाध्य भएका छन् ।
नेपालमा रोजगारी नभएपछि र भने जस्तो रोजगार नपाएपछि सामान्य पढेलेखेका देखि लिएर डिग्री हासिल गरेका युवाहरु समेत खाडीमा गैइरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोजगारीका लागि खाडी मुलुकमा जाने नेपालीहरुको संख्या दिन प्रति दिन दोब्बर हुँदै गएका छन् । सोही क्रममा जिल्ला बाँकेबाट पनि दिनहुुँ दिन युवाहरु खाडीमा गइरहेको र जान तयारीमा रहेका छन् । तर “सन्जोक” दिदैनन् सिफारिस : जि.प्र.का, ई. प्र.का. ले…
जिल्ला प्रशासन कार्यलय बाँकेले र ईलाका प्रशासन कार्यलय कोहलपुरले तत्कालै पासपोर्ट बनाएर भिसा लगाउने सेवा ग्राहीलाई बाँकेबाट सिफारिस नदिएको पीडित सेवा ग्राहीले भताएका छन् ।
सेवा ग्राहिका अनुसार, कर्मचारी भनछन् “यहाँ बाट सिफारिस दिन मिल्दैन, यदि दिए पनि तत्काल सिफारिस किन चाहिएको हो ? यो सबै खुलाएर निवेदन पेस गर्नुहोस् भनेर जवाफ दिएका छन्, भनेर बताए ।”
पीडित सेवा ग्राही भन्छन् “जिल्लाबाट पासपोर्ट बनाउदा ढिला आउने हुदा यहाँबाट सिफारिस लिएर काठमाडौं राजधानी विभागमा गएर बनाउदा एक, दुई दिन्मै आउने बताएका छन् ।” यद्यपि तत्कालै सिफारिस लिएर पासपोर्ट बनाए, छिटो भिसा लगाएपछि चाडैं आउने आशा रहेको उनले बताए ।
घरमा आर्थिक अवस्था कम्जोर भएका कारण दुख : बिमारी भएको बेला लिएको ऋण सावाँ/ब्याज दोब्बर हुँदै गएपछि चाडैं भिसा आए, ठाउँमा गएर जस्तोसुकै काम होस् केही फरक परेन तर भएको ऋण चुकाउनु कर्तव्य रहेको पीडितले बताएका छन् ।
‘नेपालको कानुन दैवले जानुन’ भन्ने उखान भया जस्तै नेपाली जनताहरु खाडीमा मुलुकमा गएर खुन, पसिना बगाएर कमाएको रेमिटान्सले तलब खादा पनि तेहि जनताहरुलाई लुटेर, ठगेर, काम नै नगर्दिएर एसि कोठामा बसेर ठुला-ठुला कुरा गर्ने यस्ता कर्मचारीहरु माथी सम्बन्धित निकाएको ध्यानाकर्षण हुन एकदमै जरुरी देखिएको छ ।