६ कात्तिक,
बाँके। बाँकेको नेपालगन्जस्थित पुष्पलाल चोकमा २७ औं राष्ट्रिय कण्डम दिवसको अवसरमा निशुल्क कन्डम वितरण गरिएको छ।

आज कात्तिक ६ शनिवार एक कार्यक्रम मार्फत आयोज स्वास्थ्य कार्यालय बाँके द्वारा २७ औं राष्ट्रिय कण्डम दिवस नेपालगन्जमा मनाएको हो । यधपी यस कार्यक्रममा एचआईभि रोग समेत निशुल्क चेकजाच गरिने आयोज स्वास्थ्य कार्यालय बाँकेले बताएको छ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार, यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले आज गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाईरहेको जानकारी दिएको छ।

यस वर्षको कण्डम दिवसको नारा ‘दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने तय गरिएको छ । दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँकेले विभिन्न संघसंस्थासँगको सहकार्यमा नेपालगन्जको पुष्पलाल चोकमा निः शुल्क एचआइभि चेकजाँच, कन्डम तथा पर्चा पम्पलेट बितरण लगायतको कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय