१ कात्तिक,
बाँके। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। सुत्केरीको मृत्यु हुनुमा डाक्टरको लापरबाही रहेको आफन्तले आरोप लगाएका छन्।

मृत्यु हुनेमा, कैलाली जिल्लाको गौरीगंगा वडा नं. ९ मसुरियाकी २३ वर्षीया कमला धामी रहेको उनका जेठाजु रमेशबहादुर धामीले बताएका छन । उनको शल्यक्रिया मार्फत जुम्लयाहा बच्चा निकालिए पछि धामीको अस्पतालमा मुत्यु भएको हो ।

जेठाजु रमेशबहादुर धामीका अनुसार, कमला शल्यक्रिया पश्चात सामान्य अवस्थामा रहेकी उनी अचानक बेहोस भएकी थिइन । सामान्य अवस्थामा रहेकी कमला अचानक बेहोस भएर मृत्यु भएपछि डाक्टरको लापरबाहीको कारणले मृत्यु भएको भन्दै आफन्त द्वारा शव नबुझेको जेठाजु धामीले बताएका छन ।

असोज २८ गते बिहान अन्दाजी ३ बजेको समयमा नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो। उनलाई डाक्टरको सल्लाह अनुसार २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा प्रवेस गराएको थियो।

उनका जेठाजु रमेशबहादुर धामी भनछन्, “शल्यक्रिया गरेर कमलाले जुम्ल्याहा छोराहरुको जन्म दिएकी हुन्। शल्यक्रिया पश्चात कमलाले आफन्तहरु सबैसँग कुराकानी समेत गरेकी थिईन। र उनलाई केहि समयपछि सामान्य वार्डमा सारिएको थियो। तर केहि समय पछि कमला एक्कासी बेहोस् भएपछी भौतारिदै डाक्टरलाई खोजेउ कोहि पनि डाक्टर भेटिएनन बल्लतल्ल बेहोस् भएको ४,५ घण्टापछि एक जना नर्स आएर आईसियुमा राखियोको थियो।”

डाक्टरहरुको लापरवाहीका कारण धेरै ढिला भैससेको थियो। कमलाका जेठाजु रमेशबहादुर धामीले अस्पतालका डाक्टरहरुलाई काठमाडौँ डाक्टरसँग कुराकानी गरिदिन र हेलिकप्टर मार्फत काठमाडौँ लैजान बारमबार रेकोइस्ट गर्दा पनि केहि बेबस्था नगरिदिए पछि कमलाको मृत्यु भएको उनले बताए।

त्यसैगरी यस अघिको घटनामा प्रति पनि नेपालगन्ज मेडिकल कलेजको निकै लापरवाही रहेको थियो। “अस्पतालका डाक्टरहरु लेख्छन एउटा औषधि, काउन्टरमा दिन्छन अर्को औषधि” यो समाचार यहि बागेश्वरी खबरमा रहेको छ।

यधपी नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा यस्ता आरोप प्रति आरोप बारमबार आईरहेका छन्। तर सम्बन्धित निकायको ध्यानाकर्षण भएको छैन। यस्ता जघन्य अपराध, कार्य, सेवा सुविधाका कारण हजारौ मानिसहरुले आफ्नो ज्यान गुमाईरहेका छन्। यसमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन एकदमै जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय