
०१ कात्तिक,
सिन्धुपाल्चोक। पाङफुङ केन्द्रविन्दु भएर सिन्धुपाल्चोकमा सोमबार दिउँसो लगातार दुईवटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।



भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।