३१ असोज,
बाँके। भन्सार छली भित्रयाएको मोटो रकमको अवैध मोबाईल सेटहरू बाँके प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ३१ गते आइतवार बाँकेको नेपालगंज उप-महानगरपालिका वार्ड नं. १५ स्थित भारतबाट भन्सार छली ल्याउदै गरेको (Itel) नामक कम्पनिको Keypad mobile ९०० थान अन्दाजी मुल्य ६,३०,००० रुपैयाँ बराबरको मोबाईल सेटहरु बरामद गरिएको बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, बरामद गरिएको अवैध मोबाईल सेटहरु थप आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय