३१ असोज,
धनगढी : कैलालीको धनगढी उप–महानगरपालिका–७ बेलीमा आफ्नै श्रीमान २५ वर्षीय रमेश चौधरीको उनकै श्रीमती र एक गाउँले युवक मिलेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिएका छन्।

प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार, रमेशको हत्याको कारण अमृता र विश्णुबीचको अवैध सम्बन्ध रहेको खुलेको छ। रमेशको हत्यामा संलग्न अमृता र विश्णुलाई पक्राउ गरेको जनाए ।

‘अमृता र विश्णुबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा रमेशलाई जानकारी रहेछ’, विष्टले भने, ‘शुक्रबार राति उनीहरूलाई घर नजिकै आपत्तिजनक अवस्थामा फेला पारेपछि रमेशले विश्णुलाई कुटपिट गर्दा प्रतिकारमा दुवै जना मिलेर उनको हत्या गरेछन्।’

विष्टका अनुसार दुई जनाले रमेशको घाँटी थिचेर हत्या गरी शव करिब डेढ सय मिटर टाढा खुटिया नदीतर्फ फालेका थिए। रमेशका परिवारले अमृता र विश्णुको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय