३० असोज,
बारा : बाराको केहि छुट्टाछुट्टै स्थानमा भएको सवारी साधन दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। भने दुईजना गम्भीर घाइते भएका छन्।

जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते भएका कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सर्राफको उपचारका लागि अस्पताल लैजाने क्रममा र कारमा सवार दुई जनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।

२५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको सनाखत भएको छ। पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई ठक्कर दिएको थियो।

यस्तै‚ निजगढ नगरपालिका–११ मा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। तीन जना सवार प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका-२७ का २४ वर्षीय सोवितलाल यादवको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार दुई जनाको निजगढस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ।

यो खबर थाहाखबरमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय