२८ असोज,
काठमाडौं : पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बोकेको गाडी भित्र १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।

एलपी ग्यास बोक्ने भारतीय नम्बरको गाडीमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो । वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई चेक जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय वीरगञ्जका प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

ग्यास बोकेको गाडी र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय