२६ असोज,
गार्डमाथि गोलि प्रहार गरेर मोरङमा सोमबार सिटिजन्स बैंक लुटपाट गरिएको हो। यस घटनामा भारतीय नागरिक प्रयोग गरिएकोजानकारी खुलेको छ । नेपालीकै योजनामा लुटपाट भएको र त्यसमा ७ जना भारतीय नागरिक प्रयोग गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोमबार दिउँसो मोरङको धनपालथान गाउँपालिकाको कर्सियामा रहेको सिटिजन्स बैंकको शाखामा पेस्तोलसहित छिरेको ८ जनाकाे एउटा समूहले लुटपाट मच्चाएको थियो । दिउँसो ३ बजेर ४५ मिनेटमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गार्डमाथि नै गोली हानेर रकम लुटेर फरार भएका थिए । सो क्रममा बैंकबाट रु २१ लाख लुटिएको बैंकले नै प्रहरीलाई जानकारी दिएको छ । घटनाको मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ भने भारतसँगको सीमा नाकामा सुरक्षा कडा पारिएको जिल्ला प्रहरी कार्यालय, मोरङका एसपी जनार्दन जिसीले जनाएका छन्।

एसपी जनार्दन जिसीका अनुसार बैंकबाट २१ लाखभन्दा बढी रकम लुटिएको छ । तर रकम फेला परेको छैन । बैंकले उक्त रकम लुटिएको जानकारी सोमबार राति करिब १० बजे मात्र प्रहरीलाई दिएको थियो ।

घटनालगत्तै मोरङ प्रहरीले शंकास्पद तीन जनालाई पक्राउ गरेको थियो । बैंक लुटेर भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा एक जना नेपाली र दुई जना भारतीय रहेका छन् । प्रहरी स्रोतका अनुसार बैंक लुट्न चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित पक्राउ परेका तीन जनामा श्याम मुखिया, सुनिल यादव र विजय यादव रहेका छन् । तर रकम भने उनीहरुको साथमा भेटिएको छैन ।

अरुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रातिदेखि नै सीमा सिल गरेर सर्च अपरेसन थालिएको प्रहरीले जनाइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार नेपालीकै योजनामा भारतीयलाई रकमको प्रलोभन देखाएर लुटपाटमा सामेल गराएको बुझिएको छ ।

लुटेरा समूहलाई रोक्न खोज्दा सुरक्षा गार्ड ३७ वर्षीय शीतल कुँवरमाथि नै पेस्तोल प्रहार भएको थियो । लुटेरा समूहले पेस्तोलबाट २ राउन्ड गोली चलाएकोमा एक राउण्ड गोली सुरक्षा गार्डलाई लागेको र अर्को गोली भने लुटेरा समूहकै सदस्यलाई लागेको बताइएको छ । हाल घाइते सुरक्षा गार्ड कुँवरको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर दैनिक राधानिमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय