२३ असोज,
बाँके। बाँकेको बैजनाथ गाउँपालिका वडा.न. १ चिसापानी स्थित दिप ज्योती मा.वि को घटना प्रति कोहलपुर ग्यालरीको विशेस ध्यानाकर्षन भएको छ।

कक्षा १० मा अध्यनरत छात्रालाई दिप ज्योति मा. वि का प्रिन्सिपलले यौन हिंसा गरि छात्रालाई आत्महत्या गर्न बाध्य बनाएका थिए। सोहि घटनालाई कसैको पावर पहुच नलागेर बाहिर आउने गरि सोहि बोमोजिम सत्यतत्य घटना छानविन गरि कोहलपुर ग्यालरीको परिवारबाट विज्ञप्तिसहित कार्वाहीको माग गरिएको कोहलपुर ग्यालरीका संस्थापक एवंम अध्यक्ष सरोज राज शाही बागेश्वोरी खबरलाई जानकारी दिएका छन्।

अध्यक्ष शाहीका अनुसार, भबिस्य बनाउन जाने मन्दिर जस्तो पवित्र ठाँउमा एउटा जिम्मेवारी व्यक्तिबाट नै यस्तो घटना भए हामि जनताहरुको बालबालिकालाई कसले जिम्मेवारी लिन्छ मोहदय ? जस्ता प्रश्नहरु जनताबाट गुणासो आएपछि सोहि घटनालाई विषेस ध्यानाकर्षन गरिएको बताए।

शाही भन्छन, “उक्त विद्यालयका संचालक र प्रिन्सिपल जोकोही अपराधी ठहरिएमा हदैसम्मको कार्वाही माग गरिएको बताएका छन्।” यधपी यस्ता विद्यालयमा जनताहरुका बालबालिका सुरक्षित नभए सम्बन्धित निकायको विषेस ध्यानाकर्षन हुन जरुरि देखिएको छ।

हेर्नुहोस् यो विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय