२३ असोज,
बाँके। संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित बाँकेमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, जिल्ला जाजरकोट घर भई भेरी नगरपालिका वडा नं.१ बस्ने २८ वर्षीय मनिराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।
एसपी अधिकारीका अनुसार, २३ गते शनिबार अन्दाजी ५ बजेको समयमा बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं. ४ स्तिथ बुद्ध मन्दिर नजिक संरक्षित वन्यजन्तु (रेडपाण्डा) छालाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।
पक्राउ परेका मनिरामलाई प्रहरीले संकास्पद अवस्थामा चेकजाँच गर्दा उनले बोकेको VIKTOR & Rolf लेखेको झोला भित्र रहेको संरक्षित वन्यजन्तु रेडपाण्डाको १ थान छालासहित एक जनालाई बाँके प्रहरीले बरामद गरि थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।