
२१ असोज,
बाँके। अनेरास्ववियु बाँकेको आयोजनामा दशै तिहार एवं छ्ठपर्बको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष झपिन्द्र खत्री लगायतका अन्य केहि नेताहरुको उपस्तिथिमा सांस्कृतिक कार्यक्रम सहित सब्य र भब्य रुपमा सफल पारिएको अनेरास्ववियु बाँकेका सह : संयोजक विकल भटराईले जानकारी दिएका छन्।
सह : संयोजक भटराईका अनुसार, २१ गते विहिबार ९ बजेदेखि सुरु गरिएको कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला बाँके कमिटीद्वारा आयोजित दसैँ तिहार एवंम छटपर्वको शुभकामना आदान प्रदान नेकपा एमाले पार्टी कार्यालय नेपालगंजमा समपन्न गरिएको बताए।
हेर्नुहोस् केहि दृश्यहरु