१९ असोज,

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले प्रमुख जिल्ला अधिकारी शिवराम गेलालज्युको अथितीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

आज १९ गते मंगलबार नेपालगंजको मेजेस्टिक पार्टी प्यालेस सभा हलमा जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार “सार्वजनिक सुनुवाई कार्यक्रम” सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।

एसपी अधिकारीका अनुसार, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालज्यू लगाएत सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष, उद्योग बाणिज्य संघ प्रतिनिधि, भद्रभलाद्मी, सञ्चारकर्मी, बिद्यार्थी, महिला संजालका प्रतिनिधी गरी करिव १०० जनाको उपस्थितीमा यो कार्यक्रम समापन गरिएको बताए।

यस कार्यक्रममा आर्थिक वर्षको त्रैमासिक कार्य प्रगति लगायत नजिकिदै गरेको चाडपर्व दशै तिहारलाई लक्षित पार्दै सुरक्षा योजना एवम् भावी कार्ययोजना प्रकाश पार्नुका साथै उठेका जिज्ञासाहरूको सम्बोधन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।

यधपी बाँकेमा भईरहेको चोरी, डकैति, लुटपात, र हत्या हिंसा जस्ता जघन्य अपराधलाई पहिलो प्राथमिकता दिईने बताएका छन्।

हेर्नुहोस् केहि दृश्यहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय