
१७ असोज,
दाङ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा ६६ औ प्रहरी दिवसको अवसरमा “तपाईको मास्क खोई” ? सचेतना मुलक अभियान सुरु गरिएको हो।
असोज १७ गते आईतवार “६६ औ प्रहरी दिवसको अवसरमा” जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेको नेतृत्व तथा स्थानिय जनप्रतिनिधी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, पत्रकार, पुर्व प्रहरी कर्मचारी, प्रहरी लगाएतको सहभागितामा तपाईको मास्क खोई ? सचेतना मुलक अभियान समापन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिएका छन् ।



एसपी सुरेश काफ्लेका अनुसार, जिल्ला प्रहरी कार्यालय दाङबाट ब्यानर तथा पम्लेट सहित र्याली निकाली तुलसीपुर चोक, दामोदर चोक, बैंकरोड, सहिद गेट हुदै पुनः तुलसीपुर चोकमा आई मास्क नलगाई हिड्ने आम नागरिकहरुलाई मास्क बितरण गर्नुको साथै कोभिड-१९ को बारेमा जानकारी गराएको बताए।
एसपी सुरेश काफ्ले भन्छन, “कोभिड-१९ संक्रमण कम भएको छैन, कम भएजस्तो देखिएको मात्रै हो।” त्यसैले हामि सबैले आ-आफ्नो तर्फबाट सतर्क हुन जरुरि देखिएको छ।
हेर्नूहोस केहि दृश्यहरु…