
१४ असोज,
बाँके । बाँकेको कोहलपुरस्तिथ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको लापरवाहीले गर्दा हजारौँ बिरामिहरुको जिन्दगी माथि खेलबाड गरिएको छ ।
“डाक्टरहरु लेख्नछन् एउटा नामको औषधी, क्यास काउलटरका स्टाफहरु दिन्छन् अर्कै औषधी”



मिति २०७८÷०६÷१४ गते विहिबार बिहान ८ बजे देखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मैले मेरो आफ्नै बिरामिलाई भर्ना गरेको थिए । बिरामिलाई भर्ना गरेको केहि समयमा डाक्टरले अस्पतालको पर्चामा औषधी लेखेर क्यास काउन्टरबाट औषधी लिन आग्रह गरे ।
डाक्टरले भने, “यो नामको औषधी लिएर आउनुहोस् र मलाई देखाउनुहोस् भनेर सल्लाह दिएका थिए ।” सोहि डाक्टरका सल्लाह अनुसार क्यास काउन्टरबाट झोला भरी औषधी लिएर डाक्टरलाई देखाउदा पर्चामा लेखिएको औषधी नभएको डाक्टरले बताए ।
पर्चामा लेखिएको औषधी नभएपछि यो औषधी फिर्ता गर्न डाक्टरले आग्रह गरेका हु्न् । पुनः एक पटक फिर्ता गरेर दोस्रो पटक ल्याउदा पनि डाक्टरले फेरी नभएको दाबि गरेपछि तेस्रो पटक ल्याउन जाँदा मेरो र क्यास काउन्टर बिच केहि भनासुनी भएको हो ।
यद्यपी यस अस्पतालले मेरो बिरामीलाई मात्रै नभएर म जस्तै हजारौँ बिरामीलाई यसरी नै औषधी वितरण गरेको र डाक्टरले पर्चामा लेखिएको औषधी नदिएर अर्कै नामको औषधी दिईरहेको स्पष्ट खुलिएको छ ।
त्यसैगरी मेरो बिरामी भन्दा पछाडी एक जना महिला मेरो (दिदि) साईनो पर्ने पार्वती अधिकारीलाई पनि डाक्टरले पर्चामा लेखिएको औषधी नभएर अर्कै नामको औषधी झोला भरी दिएपछि उहाँलाई पनि डाक्टरले त्यो औषधी फिर्ता गर्न लगाएका थिए । (दिदि) ले भन्नु भयो, “हामि जनता भेडा नै हौँ, जनता भन्दा अझ बढि अस्पतालका स्टाफ रहेको बताउनु भयो ।” उहाँका अनुसार, हामि जनता बुझेर होस अथवा नबुझेर होस जे जस्तो भएपनि अस्पतालमा बिरामिलाई बचाउनकै लागि ल्याएका हुन्छौँ । सेवा गर्छौ भनेर मात्रै हुदैन, सेवा गरेको राम्रो नतिजा पनि ल्याउन पर्छ भन्ने जस्ता महत्तत्वपुर्ण गुणासोहरु बताउनु भयो ।
यद्यपी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको लापरवाही हो, अथवा दक्ष स्टाफ नभएका कारण यो सब भएको हो । यस्मा सम्बन्धीत निकायको ध्यानआकर्षण हुन एकदमै जरुरी देखिएको छ । र यस्तो लापरवाही सेवा दिएर जिउदो मान्छेलाई मर्न बाध्य बनाउने अस्पताल लगाएत दक्ष अनुभब नभएका स्टाफसहित सबैलाई कानुनको दायरामा लिई कारवाही गर्न अनुरोध गरिन्छ । किनकी यो मानव सेवा नभएर अरुको जिन्दगीसँग खेलबाड गरिएको प्ररष्ट देखिएको छ ।