१३ असोज,
भारत : भारतको पंजाबमा एक १८ वर्षीय नेपालि बालकलाई मुस्लिम परिवार द्वारा दास बनाइ राखिएको भिडियो अहिले सामाजिक संजालमा भाईरल भएको छ।

पंजावको चमकौर साहिब, कंधोला ग्राम पंचायत, जिल्ला रुपनगरमा एक नेपाली बालकलाई मुस्लिम गुज्जर परिवारले धेरै वर्ष देखि घर बन्दक बनाइ शोषण गरेको यस भिडियोमा स्पस्ट देखिएको छ। बालकको नाम समेत नकलि (बलि मुहम्मद) राखिएको भारतीय मिडियाले बताए ।

भारतीय मिडिया अनुसार, बालकलाई नेपाल उद्धार गर्नको लागि घर, ठेगाना सोधपुछ गर्दा आफ्नो घर काठमांडू नेपाल भन्ने मात्र याद रहेको जानकारी दिएका छन् ।

भारतीय मिडियाले भने, “यो भिडियो शेयर गरि नेपालमा रहेका बालकका आमा, बुवासम्म पुर्याईदिन समेत आग्रह गरेका छन्।”

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय