११ असोज,
नेपालको अधिकाङ्स जिल्लाहरूमा रोडको बिकास नभएर विध्यार्थिलाई स्कुल जान र आउन एकदमै कठिनाई भैईरहेको हुन्छ । भने अन्य केही ठाउँहरुमा नेताहरूको लापरबाहीका कारण रोडको बिकास भए पनि मर्मत हुन नसक्दा जनतालाई ठूलो समस्या परेको छ ।

यसै सन्दर्भमा बाँकेकाे कोहलपुर नगरपालिकास्तिथ कोहलपुर २ र बैजनाथ ४ बिचको सिमानामा दैनिक सयाैं व्यक्तिहरू र स्कुले बालबालिका हिड्ने रोडमा किरणनाला हुँदै गाैरिडाडा र तिलकपुर जाेडने बाटाेकाे याे हरिबिजाेग अवस्था देखिएको छ ।

यधपी यस ठाउँको बाटोमा दैनिक हिडुल गर्ने मानिसहरु मात्रै नभएर बिध्यार्थी बोक्ने गाडिहरु समेतलाई धेरै समस्या भएको त्यहाँका स्थानीय जनताले बताएका छन् ।

स्थानीय जनता भन्छन्, “गाउँमा बिकास गर्ने ठुला बढाहरुलाई सरकारी पैसामा मस्ती छ, भने तेहि व्यक्तिहरुका छोराछोरीहरु पढ्न जाने बाटो र गाडी चढ्ने रोडमा गाडी नचल्दा सबै विध्यार्थीलाई समस्या भएको जानकारी गराएका छन् ।”

यस विषयमा स्थानीय सरकार र सराेकारवालाकाे विशेष ध्यान हुन जरुरी देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय