१० असोज,
बर्दिया । बर्दियामा प्रहरीलाई आर्थिक प्रलोभन देखाएर घुस दिन खोज्ने दुई जना युवालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र सोहि ठाउँका १९ वर्षीय अजय खटिक रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
प्रहरीका अनुसार, बर्दियाको गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस दिन खोज्ने २ किशोरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरु विरुद्ध प्रहरीले सार्वजनिक हित बिरुद्धको कसुरमा म्याद लिएर हिरासतमा राखिएको छ ।