९ असोज,
बाँके। तस्विर आफै बोल्दछ। बाँकेको कोहलपुरस्तिथ होटेल पपलाईफ़को नजिकै न्युरोडमा दुई बाबुछोराको यो तस्विरले हामि सबैलाई निसब्द महशुस बनाएको छ। बाबुछोराको मिठो सम्बन्धका साथमा यो बहुमुल्य ठेलामा रहेको सानो व्यापार !

नेपाल यस्तो धनि देश हो जसमा प्राकृतिक सम्पदाले ढकमक्क भरिएको छ। यस्तो देशलाई बिकाश गरे नेपालमा वेरोजगारीको मात्रा निकै कम हुने विज्ञहरुको भनाई रहेको छ। यस्ता दृश्यहरु यहाँ मात्रै नभएर देशभर नै रहेको पाईन्छ। यधपी यो तस्वीरले नेपालमा बेरोजगारिका कारण अथवा गरिबीका कारण बिहान, बेलुकाको एक छाक खाना खान हम्मे हम्मे परेको छ।

बाँकेमा यस्ता उदारनिय दृश्यहरु धेरै नै देखिएको पाईन्छ । जसमा ठुला ठुला ब्यापारी, धनी धनी व्यक्तिहरुको घमण्डले गर्दा यस्ता साना साना ठेलामा साग, सब्जी फलफुल बेचेर आफ्नो जीविका पार्जन गर्न एकदमै कठिनाई भईरहेको छ।

नगरपालिकाको दादागिरी गरिबी जनता माथि

ठेलामा व्यापार गर्ने व्यापारी भन्छन, “पैसा भएको पावर वालाई केहि नियम कानून छैन, प्रहरी प्रशासन, नगर प्रहरी सबै ठाउँहरुमा आफ्नो चिनेको मान्छे भए केहि नियम कानुन छैन, तर हामि जस्ता गरिबी जनतालाई जसको बिहान बेलुका एक छाक खाना टार्नकै लागि घाम पानी सहेर यहि ठेलामा व्यापार गर्दा नगर प्रहरी आएर आफ्नो दादागिरी देखाएर, सबै छता छिल्ल बनाईदिन्छ जस्ता विभिन्न गुणासोहरु बागेश्वोरी खबर सँग बताएका छन्। “

नगरपालिकाले नगर प्रहरीलाई दिएको निर्देशन भन्दा ज्यादा दादागिरी गरिएको भन्दै आफ्ना केहि भनाई गुणासोहरु बागेश्वोरी खबर सँग बताएका छन्। व्यापार सानो होस् कि ठुलो होस् अधिकार सबै जनतालाई एउटै हुनु पर्ने र साना ब्यापारीहरुलाई गरि खान दिइने व्यबस्था मिलाउने पर्ने जरुरि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय