४ असोज,
बाँके। भारतीय एक नागरिकको मोटरसाइकल चोरीगरेर ल्याईको नेपालगन्जमा फेला पारि नेपाल प्रहरीले सम्बन्धित भारतीय प्रहरीलाई जिम्मा लगाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।
एसपी अधिकारीका अनुसार, भारतको जिल्ला बहराईज रुपैडिहाबाट मिति २०७८।०५।२७ गते नम्बर नखुलेको बुलेट मोटरसाईकल भारतीय जनपद प्रहरी रुपैडिहाबाट आवश्यक खोजतलासका लागि नेपाल प्रहरीलाई जानकारी आएकोमा थियो। सोहि जानकारीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले असोज ०४ गते सोमबार बाँकेको नेपालगन्जस्तिथ उप-महानगरपालिका १५ को नयाँ बस्तीबाट चोरी गरेर ल्याईएको बुलेट मोटरसाईकल बेवारीसे अवस्थामा फेला पारी सम्बन्धीत भारतिय जनपद प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले जिम्मा लगाई बुझाईएको हो ।