१ असोज,
बाँके। बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा, जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।
ओलीका अनुसार, उनलाई गए भदौ २९ गते अस्पतालमा भर्ना गरेर भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा उनको आज असोज १ गते शुक्रबार बिहान ११ः३० बजे मृत्यु भएको ओलीले बताए ।