
३० भदौ,
सशस्त्र प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई राजधानीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्वर ३ जितपुरफेदी बस्ने सोनाम तामाङलाई पक्राउ गरेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले बताएका छन्।।
सशस्त्र प्रहरी डिआईजिका अनुसार, तामाङलाई काठमाडौंको १६ सितापाईलास्थित छाउने मार्गमा रहेको एक रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरेको बताए ।
पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि सशस्त्र प्रहरीले महानगरीय प्रहरी बृत्त स्वयम्भूमा बुझाएको छ ।