
२९ भदौ,
२ करोड बढीका गरगहनासहित कैलालीमा दुईजना पक्राउ परेका छन्। काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल एपोर्टबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुन अथवा दुई करोड २४ लाख ९२ हजार रुपैयाँ बराबरका गरगहना फेला पारि दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।



थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको बताए ।