२८ भदौ,
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं १ गाभरस्थित बाघको आक्रमणमा परि एकजना पुरुषको मृत्यु भएकोे छ । बाघले मारेका ती ब्यक्तिको भने अझै नाम, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बेलुकीदेखि एक्कासी हराएका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्थामा शव भेटिएको बताए । मृतकको खुट्टासहितका अंगहरु राजमार्गभन्दा करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको थियो । बाघले मान्छे खाएको समाचार सार्वजनिक भएपछि ठूलो संख्यामा जम्मा भएका स्थानीयले घटनास्थल आसपासमै बाघलाई प्रत्यक्ष देखिएको बताएका छन् ।

‘मान्छे मारेकै ठाउँमा दुई वटा पाटेबाघ घुमिरहेका छन्, अहिले बाघ हेर्न सयौंको संख्यमा मान्छे घटनास्थलमा भएका छन्,’ घटनास्थलमै रहेका स्थानीय धर्मराज खड्काले भने, ‘बाघ गाउँतिर छिर्ने प्रयासमा छन्, राजमार्गमा मान्छेहरु टन्नै जम्मा भएकाले बाघ निकुञ्जभित्रै लुकेर बसेका छन् ।’

मान्छे खाएको बाघलाई आफूहरुले प्रत्यक्ष रुपमै देख्न पाएको उनले बताए । खड्काका अनुसार त्यहाँ दुई वटा पाटेबाघ घुमिरहेका छन् । ‘हाम्रो अनुमानमा यिनीहरु बाघ र बघेनी हुन सक्छन्, राजमार्गमा मान्छेको हल्ली खल्ली हुँदा पनि बाघलाई कुनै डर छैन,’ खड्काले भने ।

यस्ता आक्रमण गर्ने बाघलाई बाँके राष्ट्रिय निकुञ्जले तुरुन्त नियनत्रण लिन जरुरि रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय