२७ भदौ,
बाँके । बाँकेको कोहलपुर नगरपालिकासँग मिलेमतोमा कबाड कर संकलनको नाममा अवैध रकम असुली भईरहेको छ ।

कबाडी मालसामान जडीबुटि तथा अन्य मृत वा मारिएका जीवजन्तुहरुको हाड, सिंग प्वाँख, छाला बिक्रि वितरण तथा उपयोग्य लाग्ने कर संकलनमा “श्री अनुदिप विल्डर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि” सँग कोहलपुर नगरपालिकाले सम्झौता गरेको थियो। तर सम्झौता भए बमोजिम भन्दा फरक किसिमको मालसामानहरुमा नियम विपरित कर उठाएको भन्दै बाँकेका एक स्थानीय बासिन्दाले छानबिनको लागि नगरपालिकामा निवेदन पेश गरेका छन ।

स्थानीय नगरबासीका अनुसार, कोहलपुर नगरपालिकाले खोलेको कबाडको बोलपत्रको ठेक्का “श्री अनुदिप विल्डर्स एण्ड इन्भेष्टमेन्ट प्रा.लि” सँग सम्झौता गरेर कबाड कर उठाउने कार्य सुरु भईसकेको तर नगरपालिका र फर्मबीच भएको सम्झौता भन्दा बढि रकम संकलन गरिरहेको, सम्झौतामा नभएका सामानहरुको कर संकलन भएकोले यस विषयमा छानविन गरिपाँउ भनि नगरपालिकामा निवेदन पेश गरेको बताएका छन ।

यधपी नगरपालिकाले सम्झौता गरेको नियम विपरित कृषि अन्य पदार्थहरु जस्तै: गाई, भैसी, दाल, चामल, भुस आदि जस्ता वस्तुहरुबाट कर सकंलन गरेको पाइएको छ । तर सम्झौता गरिएको ठेक्कामा चौपया र कृषिको विषयमा कुनै पनि कुरा उल्लेख नगरिएको र नगरपालिकासँगको योजना शाखाको मिलेमतोमा चौपया र कृषि जन्य बस्तुहरुबाट पनि कर संकलन गर्ने भनि सम्झौता गरिएको विशेष स्रोतले जनाएको छ ।

कृषि जन्य बस्तुहरुमा सरकारले नै कर छुट गरेको छ । तर कोहलपुर नगरपालिकाले भने उक्त्त नियमलाइ लत्याउदै सम्झौता गरेर नियम विपरित कार्य गर्दै आएका ठेकेदारलाई समेत कारबाही गर्न (नसक्दा) नगरेकोले मिलेमतोमा कार्य संचालन गरिरहेको आसंका गरिएको छ ।

सरकारी नियम विपरित नै यसरि कर संकलन गर्ने प्रा.लि संगको सम्झौता समेत खारेज गर्न सकिने प्राबधन रहेको छ । तर नगरपालिकाकै उच्च स्तरको कर्मचारीको सेटिंमै यसरी अवैध कर संकलन भइरहेको हुदा उक्त सेटिङ मिलाउने अधिकारि माथी कार्बाही नहुने होकि भन्ने चिन्ता रहेको निवेदक स्थानीयले बताए। यस्ता नियम विपरित कार्य गतिविधि गर्ने र गराउने माथि कारबाही हुन जरुरि छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय