२७ भदौ,
गुल्मी । गुल्मीमा तीन वर्षकी बालिका मृत अवस्थामा भेटिएकी छिन् । गुल्मिस्थित मदाने गाउँपालिका वडा नम्बर-२ भेडिखोर घर भएकी तीन वर्षीय आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डीएसपी पुरुषोत्तमप्रदास पाण्डेले जानकारी दिएका छन् ।
डीएसपी पाण्डेका अनुसार, बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारिएको बताए।
घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।