२६ भदौ,
काठमाडौं । हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही घाइते भएका छन्। काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै गर्दा प्रदर्शनको क्रममा गम्भीर घाइते भएका हुन्। घाइते शाहीलाई अस्पताल भर्ना गरेर उपचार भईरहेको छ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारविरुद्ध नाराबाजी गरेर एमसीसी खारेजीको माग गर्दा प्रहरीसँग झडप भएको थियो। झडपमा शाही लगायतका प्रदर्शनकारीहरू घाइते भएको बताईएको छ।
ज्ञानेन्द्र शाही पटक पटक देशको लागि आफ्नु ज्यानको आहुती दिदै MCC को बिरोध गर्ने क्रममा प्रहरीको झडपबाट शाही घाइते भएका हुन् । यसैगरी शाहीको साथमा रहेका नागेन्द्र देउजा हेम राज थापा लगाएतका सम्पूर्ण समूहलाई यस अघि नै प्रहरीले गिरिप्तार गरिसकेको शाहीका केहि पक्षले जनाएका छन्।