
२५ भदौ,
बाँके । बाँकेको नेपालगंञ्जमा आफुलाई प्रहरी हुँ भन्दै सर्वसाधरण नागरिकलाई धम्काउने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा, जिल्ला कालिकोट खाडाचक्र नगरपालिका वडा नं. ६ बस्ने १९ वर्षिय लक्ष्मण शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।



एसपी अधिकारीका अनुसार, २४ गते विहिबार करिब रातीको ९ः३० बजेको समयमा बाँकेस्थित नेपालगंज उप–महानगरपालिका वडा नं.२ बागेश्वरी मन्दिर परिसरको पुर्व तर्फ रहेको पार्कमा आफुलाई प्रहरी हुँ भन्दै सर्वसाधरण नागरिकलाई धम्काई चेकजाँच तथा सोधपुछ गरिरहेको समयमा विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए ।
पक्राउ परेका शाही माथि आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ ।