
१८ भदौ,
बाँके । बाँकेस्थित नेपालगन्जमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु बाँकेद्वारा भारतीय हस्तक्षेप बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ ।
आज १८ गते शुक्रवार साझँ नेपालगन्जको बिपि चोकमा युवा संघ नेपाल र अनेरास्ववियु बाँकेका नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेप बिरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।



छिमेकी देश भारतले नेपालमाथी बारमबार विभिन्न सिमा-नाकाहरुमा हस्तक्षेप गर्दै आएको र दार्चुलाको जय सिंह धामिको बिषयमा समेत भारतले आफ्नो हेपाह प्रवृत्तिको पुनः देखाएको भन्दै बिरोध प्रदर्शन गरिएको लुम्बिनी प्रदेश युवा संघ नेपालका अध्यक्ष किशोर थापाले बताएका छन् ।
अध्यक्ष थापाका अनुसार, भारतले पटक-पटक दादागिरी देखाउदै आएको र नेपाल भारतबीच रोटिबेटीको सम्बन्धको कुरा गर्दै नेपाललाई हेपाई प्रवृत्ति दोहोर्याउदै आएको बताए । यधपी भारतले आफ्नो प्रवृत्ति नसच्याए युवा संघनेपालले आन्दोलनलाई चर्काउदै लैजाने बताएका छन् ।
अनेरास्ववियु बाँकेका अध्यक्ष तथा अखिल फोर्स लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र मल्लले एक कार्यक्रमलाई सम्बोधन गर्दै भारतले गरेको हस्तक्षेप नेपाली जनतालाई सह्य नहुने बताएका छन् ।
नेपालको सिमानका रक्षाका लागि युवा संघ र अनेरास्ववियु सेनाको रुपमा खडा हुने जिकिर गर्दै भारतीय हस्तक्षेप हाम्रो लाही सह्य नहुने बताएका थिए ।
कार्यक्रमको कोडसभालाई सम्बोधन गर्दै युवा संघ नेपाल बाकेका सचिव सुनिल रसाइलीले जय सिंह धामिलाई युवा संघ र बिद्यार्थीले न्याय दिलाउने जिकिर गरेका थिए ।
युवा संघ र अनेरास्ववियुले बाँकेको नेपालगन्जबाट साकेतिकनै भएपनि आन्दोलनको सुरुवात गरेको र अब यो आन्दोलन हरेक जिल्ला र टोल सम्म पुग्ने समेत जानकारी अध्क्षय थापाले दिएका छन्।