
१७ भदौ,
बाँके। नेपालगंजस्थित भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा, सल्यानको त्रिवेणी गाउँपालिका वडा न. ६ कि ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् ।



वलीका अनुसार, सल्यानकी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको बताए।
योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ भने, बाँकेका अस्पतालमा १६४ सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।