१६ भदौ,
नेपाली चलचित्रका नायक राजेश हमाललाई केही संस्थाले ‘महानायक’को उपाधि दिएका छन् । राजेश हमाल चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या होइनन् भन्ने बहस बेला–बेलामा हुने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै दिएको एक अभिव्यक्तिले ठूलो विवाद खडा गरेको थियो । दीपाले यो बिषयमा बारम्बार माफी पनि मागेकी छन्।

तर, राजेश हमालले चलचित्र क्षेत्रमा लामो समय बिताइरहँदा उनले गरेका केही कामहरुको भने बेला–बेलामा टिका टिप्पणी र आलोचना गरिरहेका छन् । अझ, लकडाउनपछि बनेका म्युजिक भिडियोमा हमालले गरेको काम समेत सामाजिक संजालमा छ्याप छ्यापी टिप्पणी गरेका छन् ।

हालै मात्र, राजेशले मोडलिङ गरेको ‘नाचन कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा राजेश हमाललाई नयाँ गेटअपमा प्रस्तुत गरिएको छ ।

केही हट मोडलहरुको साथमा स्विमिङ पूलमा रमाउँदै गरेका राजेश हमालको अवतार भने उनकै फ्यानहरुलाई पनि चित्त वुझेको छैन । यसैले, सामाजिक संजालमा राजेश हमालको चर्को आलोचना भैरहेको छ । यो गीतको भिडियोमा काम गरेर राजेश हमालले आफू ‘महानायक’ हुँ भन्ने नै विर्सिएको धेरैको तर्क छ । युटुबमा पनि राजेश हमालले गीत रोज्दा धेरै ध्यान दिनुपर्ने र आफ्नो पोजिसन ख्याल गर्नुपर्ने भन्दै आलोचना भैरहेको छ ।

उसो त, राजेश हमालले लकडाउनपछि काम गरेका अधिकांश गीतले खासै चर्चा पाउन सकेनन् । गीतमा हमाल राख्दा पनि मेकरले गतिलो भ्यूज पाउन सकेका छैनन् । यसैले, पनि राजेशले भिडियोमा काम गर्दा कमसेकम गीतको अडियो र मेकिङको बारेमा राम्रोसँग अध्ययन गरेर मात्र काम गर्नुपर्ने धेरैको तर्क छ ।

स्रोत : अनलाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय