
१६ भदौ,
सल्यान। डिभिजन बन कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न प्रजातिका ३०० बिरुवाहरुको बृक्षारोपण कार्य सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिएका छन्।
पौडेलका अनुसार, आज १६ गते बुधबार प्रारम्भ भएको राष्ट्रसेवक कर्मचारी बृक्षारोपरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्ड रहेका सम्पूर्ण प्रहरी टोली लगायत अन्य प्र.क.हरु तथा मातहत प्रहरी कर्मचारीहरुद्वारा आ-आफ्नो कार्यालयको परिसरमा डिभिजन बन कार्यालय सल्यानसङगको समन्वयमा प्राप्त विभिन्न प्रजातिका ३०० बिरुवाहरुको बृक्षारोपण कार्य सम्पन्न गरिएको बताए ।
प्रहरी पौडेल भन्छन “हरियो बन नेपालको धन भन्ने मूल नारासहित सबै नेपाली जनताहरुले आ-आफ्नो गाउ, ठाउँबाट बोटबिरुवाहरु बचाई राख्ने र फडानी गरिएको नाङ्गो ठाउँमा बृक्षारोपण गर्नु सबैको कर्तव्य रहेको बताएका छन्। “
तस्विर :