
१५ भदौ,
अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुरुआती दिनमा कोरोना संक्रमण नियन्त्रणमा सफल मानिएको भए पनि केही महिनायता अष्ट्रेलियामा तीव्र रुपमा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म अष्ट्रेलियामा कोरोना संक्रमणबाट १ हजार ३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यो संख्या अन्य मुलुकको तुलनामा भने निकै कम रहेको छ । अहिले विशेषगरी अष्ट्रेलियाको न्यु साउथ वेल्समा ठूलो मात्रामा संक्रमण फैलिएको छ । सोमबार न्यु साउथ वेल्समा कोरोनाका १ हजार २१८ नयाँ संक्रमित फेला परेका छन् भने चार जना संक्रमितको मृत्यु भएको छ ।



अधिकारीहरुले अष्ट्रेलियामा कोरोनाबाट मृत्यु हुने र अस्पताल भर्ना हुनेको संख्या पनि अक्टोबरमा बढ्न सक्ने चेतावनी दिएका छन् । अहिले अष्ट्रेलियाको सिड्नी र मेलबर्नजस्ता ठूला शहरमा लकडाउन जारी छ । लामो समयसम्म लकडाउन गरिएको भन्दै अब हटाउनुपर्ने विषयमा अष्ट्रेलियामा बहस शुरु भएको छ ।
एजेन्सीहरुको सहयोगमा