१३ भदौ,
काठमाडौं : राजु फुयालको प्रस्तुतीमा निर्माण भैरहेको फिल्म ‘प्रेमगन्ज’ को एउटै गीतको सुटिङमा करिव ३० लाख रूपैयाँ बराबर खर्च लागेको छ।
गितको अडियो र पोस्ट प्रोडक्सनको खर्चसमेत जोड्दा झन्डै ४० लाख लाग्ने फिल्म युनिटले बताएको छ। कलरको काम भारतमा हुने भएकाले यो एउटै गीतको खर्च ४० लाख पुग्ने सम्भावना देखिएको जनाएक छन् ।
गीतको छायांकन फरेनहाइट क्लबमा ३ दिन गरिएको थियो। कोरियोग्राफी वाइल्डरिपर्जले गरेको गीतको छायांकनमा बेनिसा हमाल, सन्जोग रसाइलीसँगै एक हजार जना सामेल थिए।
दीक्षा थापाले स्वर दिएको क्लब गीत ‘ऊ जितेर गई या हारेर गई’ बाट चर्चित पुरूषोत्तम ढुंगेलले लेखेका हुन् संगीत किरण भुसालले तयार पारेका हुन्।
पहिलो लकडाउनपछि छायांकन थालिएको फिल्म दोस्रो लकडाउन भएपछि रोकिएको थियो। अहिले लकडाउन केही खुकुलो भएपछि धमाधम सुटिङ भइरहेको छ।
फिल्म परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भैरहेको छ।