९ भदौ,

सुर्खेतको बराहताल गाउपलिका ५ स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आफ्नो पढाई संगै व्यवासाय गरिरहेका छन्।

विद्यालयले दुईवर्ष यता सुरु गरेको “पढ्दै कमाउदै“ कार्यक्रम अन्तर्गत विध्यार्थिलाई आत्मानिर्भर हुन प्रेरित गरिरहेको छ। पढ्दै कमाउदै गरेका विद्यार्थीहरुले पढाई खर्चबाट बचेको पैसा घरमा बचत समेत गर्ने गरेका छन्।

जनज्योति माध्यमिक विद्यालयका अध्यनरत विद्यार्थीहरुले बताउछन् “दुई, चार जनाको समूह गठन गरि विद्यालयबाट ऋण लिएर आ– आफ्नो व्यवासाय जस्तैः बंगुर पालन, कुखुरा पालन, बाख्रा पालन, मौरी पालन, च्याउखेति, तरकारी खेति आदि गरिहेको बताएका छन्।“ यधपी विद्यार्थीहरुले आफ्नो पढाई खर्चको लागि घरमा गुहार गर्न नपर्ने समेत जानकारी दिए ।

यस बिद्यालयमा प्राविधिक विषय समेत पढाई हुन्छ। भेटनरी र कृषि तर्फ १८ महिने, ३ वर्षे कक्षा संचालन भैरहेको र विध्यार्थिलाई पाँच हजार देखि एक लाख सम्मको ऋण दिने व्यवस्था मिलाएको जनज्योति माध्यमिक विद्यालय सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले बताएका छन्।

प्रधानाध्यापक नारायण सिग्देलका भनाई अनुसार, अबको आउने पिडिहरुलाई गुणस्तरीय प्राविधिक शिक्षा दिनु पर्ने र आफैले केहि गरेर आफ्नो खुट्टामा आफै उभिन सक्ने शिक्षा समेत दिईने बताए। उनि भनछन् “यस विद्यालयमा आउनुहोस् पढ्नुहोस् पैसा छैन भने, पढ्दै कमाउदै कार्यक्रमको शीर्षक कोषमा जम्मा भएको पैसाले व्यवासाय गरेर सम्पूर्ण खर्च आफैले तिर्न सक्ने जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय