९ भदौ,

नेपालगञ्जको भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

मृत्यु हुनेहरुमा, राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको र राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुष दुबैको मंगलबार गएराति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए ।

यो सँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ । जसमध्ये ३२८ जना बाँके जिल्लाका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय