८ भदौ,

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले पुन: एक साता निषेधाज्ञा थप गरेको छ । सोमवार एक सूचना जारि गर्दै सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जिल्ला सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ। भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उनका अनुसार होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भीडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमि आएको जनाइएको छ ।

अन्य जानकारीको लागि यो बिज्ञप्ती हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय