३ भदौ,

बाँके । कोहलपुरमा मोटरसाईकल चोरी गर्ने तिन जना गिरोहलाई बाँके प्रहरीले रङ्गेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा, पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं ११ बस्ने १८ वर्षीय अनुप चन्द सोहि ठाउँमा बस्ने २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बि.क रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिएका छन्।

डिएसपी खनालका अनुसार, ०३ गते बिहान करिव २:४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ स्थित बसपार्कको पुर्ब तर्फको सडकमा तिन जना ब्यक्तिहरुले चोरी गरी लिदै गरेको भे ३ प ६००४ नं को डिस्कभर कालो निलो रंगको मोटरसाईकल १ थान, NS मोटरसाईकलको निलो रंगको हेड लाईट १ थान, पल्सर मोटरसाईकलको निलो रंगको ट्याङकी कभर १ थान र मोटर साईकलका पाट पुर्जाहरु खोल्न प्रयोग गरीने रेन्ची, मो. स्टिकर थान ७, मोबाईल ३ थान, नाईट्राभ्याट १३ चक्कीसहित तिन जनालाई प्रहरीले फेला पारी पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका तिनजना माथि थप अनुसन्धान भईरहेको खनालले बताए।

साथै पक्राउ परेका तिन जनाबाट भेटिएको भे ३ प ६००४ नं को डिश्कभर मोटरसाईकल सम्बन्धित मो.सा.धनी चन्द्र बहादुर गिरीले खोज तलास गरी पाउ भनी ०३ गते बिहान करिव ८:०० बजेको समयमा हुलिया निबेदन दिएका थिय। सोहि समयमा खोजतलास अनुसन्धान गर्दा तिन जनालाई प्रहरीले रंगेहात फेला पारि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय