
२ भदौ,
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिद्र खनालले कोरोना संक्रमणबाट बच्न मास्कको विकल्प नभएको बताएका छन् ।
डिएसपिका अनुसार, बाँकेमा १० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेको बताउँदै उनले मानिसहरुमा डर नहुँदा समस्या आउने गरेको बताए ।
आयोजक (JCI) कोहलपुर बाँकेले बुधबार “कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सचेतना मुलक अभियान” अन्र्तगत कोहलपुरमा सबै जनताहरुले मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिएको डिएसपी रविन्द्र खनाललेले बताए।
आर्थिक, शैक्षिक लगायत अन्य गतिविधि बन्द नगर्ने हो भने मास्क लगाउने र साबुन पानीले हात धुने कार्यलाई छोड्न नहुने उनको भनाई छ । यधपी विद्यालय पठाउँदा छोराछोरीहरुलाई अनिवार्य मास्क लगाएर पठाउन नगरबासी सबैलाई उनले आग्रह गरे ।