३१ साउन,
बाँके । बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरको आयोजनामा राखिएको समुदाय प्रहरी साझेदारी शान्तिपुर्ण एवम सुरक्षित सामाजका लागि अन्तरक्रिया कार्यक्रम कोहलपुर नगरपालिका नगर सभाहलमा सम्पन्न भएको छ।
कोहलपुर नगरपालिका नगर सभाहलमा बसेको बैठकमा बाँकेमा भैरहेको चोरी डकैति, लुटपात, चोरी सिकार जस्ता जघन्य अपराध आदि अत्यन्तै बिगबिगी भैरहेको र यसलाई कसरि नियुनिकरण ल्याउन सकिन्छ भन्ने बिषयहरुमा दोहोरो संवाद गरिएको थियो।
आयोजक ईलाका प्रहरी कार्यालय कोहलपुरले विभिन्न राजनीति दलका प्रतिनिधि, कोहलपुर नगरपालिकाका मेयर, नगर भित्रका वडा अध्यक्षहरु, वित्तिय संघसस्था, बैंक, जिल्ला ट्राफिक प्रहरी, समाजसेवी पत्रकार एवम उधोग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेल आदि सम्पुर्नका नेतृत्त्वमा कार्यक्रम सम्पन भएको छ।
यधपी आजको अन्तरक्रिया कार्यक्रमले बाँकेमा हुने विभिन्न घटनाहरुलाई नियन्त्रणमा ल्याउन प्रत्येक चोकहरुमा सिसिटिभी जडान गर्नु पर्ने स्थिति सिर्जना भएकोले कोहलपुर नगरपालिका र उधोग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलसँग ईलाका प्रहरी कार्यालय बाँकेका डिएसपि रविन्द्र खनालले दुई बुदागतमा माग गरेका छन्।
डिएसपि रविन्द्र खनालले मागेका दुई बुदाहरु निम्न छन्
१) कोहलपुरको प्रत्येक अस्थाई प्रहरी बिट अथवा मेन चोकहरुमा सिसिटिभी जडान गर्नु पर्ने।
२) कोहलपुर नगरपालिका द्वारा आर्थिक सहयोग र पहिचान समिति गठन गराउन माग गरेका छन्।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा सबैको उपस्थितिमा समापन गर्दै आयोजक ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको नेतृत्वमा समिति गठन गरिएको छ।
समिति गठनमा रहेका नामवली तल बुदागत रुपमा हेर्नुहोस्
१) कोहलपुर नगरपालिका कार्यालय बाँके
२) कोहलपुर नगरपालिका वडा न. ११ बाँके
३) उधोग वाणिज्य संघ कोहलपुर बाँके
४) पत्रकार माहासंघ बाँके
५) बैंकरस एसोसेसन बाँके
६) ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके