![](https://bageshworikhabar.com/wp-content/uploads/2021/10/death-update.jpg)
२० मंसिर,
बाँके : आफ्नो जन्म दिन मनाउन होटेलमा बसेका एक युवक मृत अवस्थामा फेला परेका छन्। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्क नजिकै रहेको पूर्वपश्चिम गेस्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर ६ घर भएका विशाल सिंह नाम गरेका युवक रहेका छन्। प्रहरीको अनुसन्धानमा विशाल र उनका साथि बिजय कुमार सिङ दुबैजना भारतको कारगिलबाट घर जाने भनेर सँगै हिडेका थिए। उनका साथि बिजयका अनुसार मृतक विशाल आफ्नो जन्मदिन मनाउने भनेर पूर्वपश्चिम होटलमा कोठा लिएर बसेका हुन्। आफ्नो जन्म दिन मनाएर रातको करिव १ बजेसम्म खानपिन गरेर सुतेका विशाल बिहान मृत अवस्थामा फेला परेका थिए। उक्त होटेलका संचालक जय बहादुर नाथ र उनका साथीहरुलाई सोधपुछ गर्दा खानपिनमा धेरै भएकै कारण निजको मृत्यु भएको हुनसक्ने शंका गरिएको प्रहरीले जनाएको छ।
![](https://i0.wp.com/bageshworikhabar.com/wp-content/uploads/2024/06/4-250-x-250.gif?resize=250%2C250&ssl=1)
![](https://i0.wp.com/bageshworikhabar.com/wp-content/uploads/2024/06/250x25012.gif?resize=250%2C250&ssl=1)
![](https://i0.wp.com/bageshworikhabar.com/wp-content/uploads/2024/06/250x250_1-1.gif?resize=250%2C250&ssl=1)
मृतक सँग संग्लन तिन जना साथि पनि थिए। मृतकलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ भने उक्त घटनामा संग्लन भएका सबै माथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।