१४ मंसिर, काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ। बुधबार बसेको आयोगको बैठकले पुनः मतदानमा नजाने निर्णय गरेको सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए।
नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेको थियो तर आयोगले ४ मंसिरमा भएको निर्वाचनको मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको भुसालले बताए।
आयोगले दोलखाका १० विवादित केन्द्रमा भने यही मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ।