२ मंसिर, काठमाडौँ । नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २–१ ले जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको हो ।
यसअघि पहिलो खेल ८४ रनले हारेको नेपालले दोस्रो खेल ३ विकेटले जितेको नेपालले तेस्रो खेल जित्न नेपालले १ सय ७७ रनको लक्ष्य ४ विकेट गुमाएर ४० ओभर १ बलमा पुरा गरेको हो ।
नेपाललाई जित दिलाउन आशिफ शेखले सर्वाधिक ८५ रनको योगदान गरे । ज्ञानेन्द्र मल्लले ६४ रन जोडेका थिए । कप्तान रोहित पौडेल १० रनमा आउट भए । अर्जुन साउद ९ रनमा आउट भए भने दीपेन्द्र खाता खोल्नुअघि आउट भए । रोहित र दीपेन्द्र रनआउट भएका थिए ।