२० असोज,
बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं अवतरण भएका छन्।

१० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को मारेको थियो। उनी कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत् काठमाडौं आएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत नै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने पूर्व जानकारी दिइसकेका छन्। प्रहरीले उनलाई विमानस्थलबाट सिधै चौकीमा लैजाँदैछ। सुरुमा जाहेरी परेको गौशला बृतमा लगिने र त्यसपछि अनुसन्धानको थालिने प्रहरीको भनाइ छ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा उल्लेख छ।

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय