
२४ असार,
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित न्यू मोडर्न एकेडेमीका प्रिन्सिपल दीपक कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। उनको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएको घटना बाहिर आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका कक्षा ९ मा अध्ययन गर्ने १५ वर्षीय हिक्मत विक रहेको प्रहरीले जनाएको छ। प्रिन्सिपलले विद्यार्थीलाई सम्झाएको भन्दै पाइपको लठ्ठीले कुटेर गम्भीर घाइते बनाएका थिए।



प्रहरीका अनुसार, घाइते विकको शरीरमा चोट नभए पनि टाउको र शरीरका विभिन्न अंगमा नीलडाम रहेको र टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिँगटा लागेर उठ्न नसक्ने स्थिति रहेको प्रहरीले जानकारी दिएको छ।
विद्यार्थी विकको उपचारका लागि परिवारले पोखरा लगेको छ। उक्त घटनाको विषय बिहीबार मात्रै सार्वजनिक भएको हो। घटनाको अनुसन्धानका लागि प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ।